४ बैशाख २०८१, मंगलबार

एमाले नेता पशुपति चौलागाईंको कोरोना संक्रमणवाट मृत्यु


पशुपति चौलागाईं

काठमाडौँ । पूर्वसांसद एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य, वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ ।

दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचाररत थिए । उनको आज मंगलबार साँझ निधन भएको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले चौलागाईंको कोरोना संक्रमणवाट मृत्यु भएको जानकारी दिएका छन् ।

उनी दोलखाबाट दुई पटक प्रतिनिधिसभामा सांसद भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने दोस्रो संविधानसभा सदस्य समेत रहेका थिए ।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत चौलागाई नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए ।

चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएर उनीहरु होम आइसोलेसनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !