१२ आश्विन २०८१, शनिबार

थप ९२७१ जनामा कोरोना पुष्टि, ४००७ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७६२३ जनामा पिसिआर परिक्षण र ७८८ जनामा एन्टीजेन परिक्षण गरी जम्मा १८४११ जनामा परिक्षण गर्दा जम्मा ९२७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४००७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ । कोरोना संक्रमणवाट बिगत २४ घण्टामा १३९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३८५९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ९३१४१ जना रहेको छ भने ४२७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !