काठमाडौं २४ बैशाख । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् ।
भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन । भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् ।
तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्यता हुन्छ । ट्वाइलेट र धारा समेत संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।