१२ असार २०८१, बुधबार

नेपालमा एकैदिन ७२१२ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६१४८ जनामा पिसिआर परिक्षण गर्दा ७१३७ जना र ६२३ जनामा एन्टीजेन परिक्षण गर्दा ७४ जनामा गरी जम्मा ७२११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार १०८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८३ हजार ९९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३३२५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४८७११ जना रहेको छ भने ६७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !