१३ पुस २०८१, शनिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा गरियो भर्ना


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना पोजिटिभ भएर निमोनिया देखिएपछि उनलाई आजै शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

पिसिआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । खनालको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनी निकट स्रोतले जनाइएको छ ।

अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट ५ लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । खनाललाई पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।

संक्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !