६ जेष्ठ २०८१, आइतबार

बागलुङमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण


कोभिड खोप

बागलुङ । कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप लगाएका बागलुङ जिल्लाका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङका १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएकोमा पहिलो चरणमा कोरोना खोप लगाएका धौलागिरी अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङ स्रोतले जानकारी दिएको छ ।

२ जना महिला स्वास्थ्यकर्मीले सुरुवाती चरणकै दुवै डोज कोरोना खोप लगाए पनि केही लक्षणका आधारमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले बताए । खोप लगाएकालाई समेत कोरोना देखिएप्छि थप सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ । बागलुङलाई नेपाल सरकारले तीव्र गतिमा कोरोना संक्रमण फैलिएको भन्दै अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !