१४ असार २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४६७२ जनामा पिसिआर परिक्षण गर्दा ४३६४ जना र १००९ जनामा एन्टीजेन परिक्षण गर्दा १६० जनामा गरी जम्मा ४५२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१९४ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ३२ हजार ८९ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २६२२५ जना रहेको छ भने ५८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !