७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ८०५५ जनामा पिसिआर परिक्षण गर्दा १६६७ जना र ८८३ जनामा एन्टीजेन परिक्षण गर्दा ६९ जनामा गरी जम्मा १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७५ हजार ८०६ जना पुगेको छ । हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८६५९ जना रहेको छ भने ९२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, वैशाख ६, २०७८

*११ जनाको मृत्यु हुनुपर्नेमा १४ जना भएकोमा त्रुटी सच्चाइएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !