१६ असार २०८१, आइतबार

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको कोरोना संक्रमणवाट निधन


मृत्यु

काठमाडौँ । पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड-१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

वि.सं १९८८ माघ २२ गते जन्मनुभएका राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति भएका थिए । उनका चार छोरी हुनुहुन्छ । उनको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !