१७ असार २०८१, सोमबार

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना संक्रमणमुक्त


कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ८५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०३१ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १५७९ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !