१७ असार २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा २७४५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ४३५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०२७ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १२८८ जना रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !