१७ असार २०८१, सोमबार

पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण पुष्टि, ७० जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४४१६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ३४२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०२४ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १२९९ जना रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !