१३ बैशाख २०८१, बिहिबार

आज सभामुख, मन्त्रीहरू र सांसदले कोरोना विरूद्धको खोप लगाउदै


कोरोना खोप

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार आगामी फागुन २३ गते सोमबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेपछि आज बुधबार सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोना विरूद्धको खोप लगाइने भएको छ । प्रतिनिधिसभा बैठक कक्षमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ ।

संघीय संसद सचिवालय स्रोतका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना विरूद्धको खोप लगाउने कार्यक्रम रहेको बताएको छ । सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पन खोप लगाइने छ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिव लगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई भोलि २० गते बिहीबार खोप लगाउने तयारी गरिएको छ । यस्तै संसद सचिवालयका अनुसार २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने तय भएको जानकारी दिएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी लगायतलाई कोरोनाविरूद्धको खोप दिएको थियो । हालै नेपाल सरकारले २० लाख खोप खरिद गरेकोमा १० लाख डोज खोप भने नेपाल ल्याउन बाँकी नै छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !