२१ पुस २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०३० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म २० लाख ३१ हजार ७५६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७९९ जना आइसोलेसनमा रहेकामध्ये ८९२ संस्थागत आइसोलेसनमा र २९०७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १७२ जना रहेका छन् ।

३३६ जना कोरोना संक्रमितमध्ये २१४ जना पुरुषहरु र १२२ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १२५ जना पुरुषहरु र ७३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १४६ जना, ललितपुर जिल्लामा ३६ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६२ हजार ८६८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा १, मोरङमा २, संखुवासभामा १, सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १३ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश ५ मा ३ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १४६, काभ्रेपलान्चोकमा ५, चितवनमा १२, धादिङमा १, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २३१ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा २, पर्वतमा ४, लमजुङमा १, बाग्लुङमा ७ र स्याङ्जामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ४४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ४, नवलपरासीमा १, प्युठानमा १, वर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २९ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ३ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ र बाजुरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १३ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !