८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन् । यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ । जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ । काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !