२ मंसिर २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ४९ हजार १३६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९७५७ जना आइसोलेसनमा रहेकामध्ये ३६६३ संस्थागत आइसोलेसनमा र ६०९४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४५२ जना रहेका छन् ।

७३६ जना कोरोना संक्रमितमध्ये ४४५ जना पुरुषहरु र २९१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २२८ जना पुरुषहरु र १६३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २९४ जना, ललितपुर जिल्लामा ७७ जना र भक्तपुर जिल्लामा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३९ हजार ४१६ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभामा १ ३ र सुनसरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ५३ रहेको छ ।

प्रदेश २

प्रप्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा २, महोत्तरीमा १ र सर्लाहीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २० रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा २९४, काभ्रेपलान्चोकमा ८, चितवनमा १६, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रसुवामा ३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ४६० रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४ र स्याङजामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ८४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्यूठानमा ६, बर्दियामा ४, बाँकेमा २२, रुकुम पूर्वमा १, रुपन्देहीमा २५ र रोल्पामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ८७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको सुर्खेतमा मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा २ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १ र बझाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ३० रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !