११ असार २०८१, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८४७ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८४७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३९ हजार ४१६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ४९ हजार १३६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ९७५७ जना आइसोलेसनमा रहेकामध्ये ३६६३ संस्थागत आइसोलेसनमा र ६०९४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४५२ जना रहेका छन् ।

७३६ जना कोरोना संक्रमितमध्ये ४४५ जना पुरुषहरु र २९१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २२८ जना पुरुषहरु र १६३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २९४ जना, ललितपुर जिल्लामा ७७ जना र भक्तपुर जिल्लामा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १९९६ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !