११ असार २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख १३ हजार २०४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२३८६ जना आइसोलेसनमा रहेकामध्ये ४६६५ संस्थागत आइसोलेसनमा र ७७२१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१५ जना रहेका छन् ।

१२१७ जना कोरोना संक्रमितमध्ये ७७४ जना पुरुषहरु र ४४३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २४४ जना पुरुषहरु र १६० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३२८ जना, ललितपुर जिल्लाका ५१ जना र भक्तपुर जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा १०६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !