२५ पुस २०८१, बिहीबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख १३ हजार २०४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२३८६ जना आइसोलेसनमा रहेकामध्ये ४६६५ संस्थागत आइसोलेसनमा र ७७२१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१५ जना रहेका छन् ।

१२१७ जना कोरोना संक्रमितमध्ये ७७४ जना पुरुषहरु र ४४३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २४४ जना पुरुषहरु र १६० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३२८ जना, ललितपुर जिल्लाका ५१ जना र भक्तपुर जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १०६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा २ र सुनसरीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १९६ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा ४, महोत्तरीमा ५, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ३ र सिरहामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ४३ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ३२८, काभ्रेपलान्चोकमा १०, चितवनमा २२, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ५, भक्तपुरमा २५, मकवानपुरमा ६, रसुवामा ४, ललितपुरमा ५१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ४६४ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ८, नवलपरासी पूर्वमा १, लमजुङमा १९, बागलुङमा ११ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ११८ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २६, नलवपरासीमा ९, पाल्पामा २५, प्यूठानमा ९, बर्दियामा १०, बाँकेमा २५ र रुपन्देहीमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १८३ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको डोल्पामा १, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ५ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४८, कञ्चनपुरमा १९, कैलालीमा ९४, डडेल्धुरामा ८, डोटीमा ७, बझाङमा १४ र बैतडीमा १८ कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा २०८ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !