७ पुस २०८१, आइतबार

कोरोना भाइरसविरुद्धको खोपको सामान्य गणित र नेपालको अवस्था


नेपालमा कोरोना
डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

कोरोना भाइरसविरुद्धको खोपको सामान्य गणित र नेपालको अवस्था

अहिले खोप नलगाउने बालबालिका – २८ %
खोप आबश्यक खोप लगाउनुपर्ने जनसंख्या – ७२ %
कोभ्याक्स / गाभी लगायतबाट २०२१ सम्म आउने – २० %
सरकारले किन्नुपर्ने जनसंख्या प्रतिशत – ५२ %
खोप किन्नुपर्ने जनसंख्या – १ करोड ५० लाख
एकजनालाई चाहिने – २ डोज
किन्नुपर्ने टोटल डोज – ३ करोड
टुटफुट तथा नोक्सान हुनसक्ने १० % – ३० लाख डोज
किन्नुपर्ने कुल डोज – ३ करोड ३० लाख
एउटा डोजको सरदर मुल्य न्युनतम – ५ डलर
एकजनाको दुई डोजको लागि न्युनतम – १० डलर
कुल रकम – ३ करोड ३० लाख डलर – ३९ अरब ६० लाख ( ने रु )
भण्डारण / परिवहन तथा अन्य खर्च – १० % – ४ अरब

नेपालले खोपमा लगानी गरेको छैन, एकैपटक किन्न सक्दैन । तसर्थ प्रधानमन्त्री स्तरबाट चीनसँग वा भारतसंग सिधा छलफल गरेर कति % निशुल्क तथा कति % सहुलियतमा पाइन्छ, यथाशिघ्र त्यसको ग्यारेन्टी गर्नुपर्दछ ।

त्यस्तै निम्न आय भएका आम नागरिकलाई निशुल्क खोप सरकारले दिने तथा खोप किन्न सक्ने २५ % जनसंख्याको लागि निजि क्षेत्रबाट गुणस्तरीय खोप ल्याएर (कम्पनी तथा दर सरकारले तोकेर) यो खर्चलाई घटाउन सकिन्छ ।

एकपटक संक्रमण भएका व्यक्तिलाई सरकारले एन्टिबोडी टेस्ट गरेर उक्त जनसख्यालाई त्यहि अनुसारको प्राथमिकतामा राख्न सकिन्छ । त्यसको लागि आम जनताको एन्टिबोडी टेस्ट गर्यो भने न्युनतम १० % लाई आबश्यक चरणमा खोप दिन सकिन्छ ।

वैज्ञानिकहरुको मत छ, न्याचुरल एन्टिबोडी सबैभन्दा उत्तम बिकल्प हो । खोप नयाँ भएको, बालबालिकामा पर्याप्त अनुसन्धान नभएको तथा खोपले गर्ने साइड इफेक्टको पर्याप्त अध्ययन नभएको हुँदा बालबालिकालाई अहिले खोप नदिने निर्णय भएको हो ।
.
बिकसित देशमा खोप पहिले स्वास्थ्यकर्मी तथा नेताहरुले लगाउनु पर्ने, त्यसको असर र प्रति असर हेरेर मात्र हामीले लगाउँछौ भन्ने ठूलो संख्याको धारणा छ । कतिपय समुदायले हामीले १-२ बर्षपछि मात्र लगाउँछौ भन्ने पनि छन् ।

त्यस्तै कन्स्पिरेसी थ्योरीमा विश्वास गर्ने जमातले खोपमा 5G चिप्स राख्छ, चाहेको बेला ती व्यक्तिलाई अन्य महामारी फैलाउन सक्छ, तसर्थ हामीले खोप लगाउदैनौं भन्ने पनि छ ।

खोप कुटनीति, खोप राजनीति तथा खोपमा भ्रष्ट्राचारको ठूलो पाटो छ । खोपले कुन, कुन उमेर र अवस्थाका व्यक्तिलाई राम्रो काम गर्छ ? कसलाई न्यून काम गर्छ ? कति समय काम गर्छ ? म्युटेसन भएमा त्यो कोरोना भाइरसलाई काम गर्छ कि गर्दैन ? धेरै प्रश्नको जवाफ आउन धेरै समय लाग्नेछ ।

यति हुँदाहुँदै पनि महामारीबाट बच्नको लागि खोपको बिकल्प छैन । हर्ड इम्युनिटीको बाटो धेरै जोखिमयुक्त छ । तसर्थ नेपालले खोप ल्याउनको लागि ठूलो पहल गर्नु जरुरी छ । स्वास्थ्य मन्त्रालयले पत्र लेख्दैमा वा परराष्ट्र मन्त्रालयले कुटनैतिक नोट पठाउँदैमा खोप आउंदैन ।

*डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !