काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९४७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ९९ हजार ६८६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२६८६ जना आइसोलेसनमा रहेकामध्ये ४६३९ संस्थागत आइसोलेसनमा र ८०४७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।
१३८२ जना कोरोना संक्रमितमध्ये ८३६ जना पुरुषहरु र ५४६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३३१ जना पुरुषहरु र २६३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४१२ जना, ललितपुर जिल्लाका ११३ जना र भक्तपुर जिल्लाका ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १६२१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २९ हजार ५४ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको पुष्टि भएको छ ।
प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण
प्रदेश १
प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, मोरङमा ५५, सुनसरीमा ७५, सोलुखुम्बुमा ३ र संखुवासभामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १८३ रहेको छ ।
प्रदेश २
प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २५ रहेको छ ।
बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौंमा ४१२, काभ्रेपलान्चोकमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६,रसुवामा २, रामेछापमा ४, ललितपुरमा ११३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ७३१ रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कास्कीमा ९६, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १६२ रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १५८ रहेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको कालिकोटमा १, रुकुमपश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ८ रहेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ११५ रहेको छ ।
यो पनि पढ्नुहोस्
२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?