३ असार २०८१, आइतबार

पछिल्लो २४ घण्टामा १३८२ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९४७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ९९ हजार ६८६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२६८६ जना आइसोलेसनमा रहेकामध्ये ४६३९ संस्थागत आइसोलेसनमा र ८०४७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।

१३८२ जना कोरोना संक्रमितमध्ये ८३६ जना पुरुषहरु र ५४६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३३१ जना पुरुषहरु र २६३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४१२ जना, ललितपुर जिल्लाका ११३ जना र भक्तपुर जिल्लाका ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १६२१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २९ हजार ५४ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !