२ मंसिर २०८१, आइतबार

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १६ सय नाघ्यो


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ९० हजार ७३९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२९४८ जना आइसोलेसनमा रहेकामध्ये ४८८८ संस्थागत आइसोलेसनमा र ८०६० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२७ जना रहेका छन् ।

१०१४ जना कोरोना संक्रमितमध्ये ६४४ जना पुरुषहरु र ३७० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २५४ जना पुरुषहरु र १८८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३४४ जना, ललितपुर जिल्लाका ६७ जना र भक्तपुर जिल्लाका ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६२८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २७ हजार ४३३ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !