८ असार २०८१, शनिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४४२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३४४ जना, ललितपुर जिल्लामा ६७ जना र भक्तपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ९० हजार ७३९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२९४८ जना आइसोलेसनमा रहेकामध्ये ४८८८ संस्थागत आइसोलेसनमा र ८०६० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२७ जना रहेका छन् ।

१०१४ जना कोरोना संक्रमितमध्ये ६४४ जना पुरुषहरु र ३७० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २५४ जना पुरुषहरु र १८८ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६२८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २७ हजार ४३३ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !