काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३५१ जना, ललितपुर जिल्लामा ७४ जना र भक्तपुर जिल्लामा ५९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ८४ हजार ५१९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १३५८२ जना आइसोलेसनमा रहेकामध्ये ५१२१ संस्थागत आइसोलेसनमा र ८४६१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३६ जना रहेका छन् ।
१०९०६ जना कोरोना संक्रमितमध्ये ६८८ जना पुरुषहरु र ४०८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २९७ जना पुरुषहरु र १८७ जना महिलाहरु रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा १७५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २५ हजार ८०५ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको पुष्टि भएको छ ।