काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
क्रिकेटर लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको पनि बताएका छन् ।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल समेत कोरोना संक्रमित भएका थिए ।
https://twitter.com/Sandeep25/status/1332418218460266497