८ असार २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४६० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख १० हजार ४६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७२३७ जना आइसोलेसनमा रहेकामध्ये ६२९३ संस्थागत आइसोलेसनमा र १०९४४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०१ जना रहेका छन् ।

१७०३ जना कोरोना संक्रमितमध्ये १००७ जना पुरुषहरु र ६९६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४३ जना पुरुषहरु र ३७९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ५९९ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १० हजार ६७१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !