१२ असार २०८१, बुधबार

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज थपिए ११०७ जना


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ८६२ जनासहित ११०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । काठमाडौं उपत्यकामा हालसम्म १ लाख ८७२ जना संक्रमित भएका छन् । यो देशभरकै जम्मा कोरोना संक्रमितको ४६.४९ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ८६२ जना, ललितपुर जिल्लाका १७४ जना र भक्तपुर जिल्लाका ७१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो १२२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६२३ जना पुरुषहरु र ४८४ जना महिलाहरु रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ जना र भक्तपुरमा ७ हजार ३३६ जना पुगेको छ ।

आज सक्रिय कोरोना संक्रमितहरुमा काठमाडौंमा ९ हजार ६८१, ललितपुरमा २ हजार २२८ र भक्तपुरमा ७८३ जना पुग्गेको छ । त्यस्तै कोरोनावाट निको हुनेहरुमा काठमाडौँमा ७१ हजार ५९१ जना, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ४८८ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ भने ८७ हजार ६९२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज थपिए ११०७ जना

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३४० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ४३ हजार ८९९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४६६५ जना आइसोलेसनमा रहेकामध्ये ५६५१ संस्थागत आइसोलेसनमा र १९०१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५३ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९४५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ५३६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !