१९ असार २०८१, बुधबार

आज मंगलबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५०२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३११२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख १७ हजार २३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३०९८६ जना आइसोलेसनमा रहेकामध्ये २७७९ संस्थागत आइसोलेसनमा र २८२०७ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०१३ जना रहेका छन् ।

५०२ जना कोरोना संक्रमितमध्ये २९८ जना पुरुषहरु र २०४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९३ जना पुरुषहरु र १४६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका २८९ जना, ललितपुर जिल्लाका ३८ जना र भक्तपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २८७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ७९ हजार २४१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को झापामा ६, संखुवासभामा १ र सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ८ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २७ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र २८९, काभ्रेपलान्चोकमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८ सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३८० रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ९, लमजुङमा २, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १८ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, गुल्मीमा २, दाङका १, नवलपरासीका ४, पाल्पाका १८, बर्दियाका १, बाँकेका ४ र रुपन्देहीका ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ६७ रहेको छ ।

कर्णाली प्रदेश

विगत २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको छैन ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कंचनपुरमा १ र दार्चुलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा २ रहेको छ ।

यो पनि पढ्नुहोस्

आज आइतबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !