२५ पुस २०८१, बिहीबार

आज आइतबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४७७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४७६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ९ हजार ७९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३५१२५ जना आइसोलेसनमा रहेकामध्ये ६६७६ संस्थागत आइसोलेसनमा र २८४४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०२१ जना रहेका छन् ।

१४७७ जना कोरोना संक्रमितमध्ये ९१२ जना पुरुषहरु र ५६५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४५५ जना पुरुषहरु र ३५२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६३२ जना, ललितपुर जिल्लाका १३३ जना र भक्तपुर जिल्लाका ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २७९८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२१ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा ८, तेह्रथुममा ७, धनकुटामा ६, भोजपुरमा २, मोरङमा ३१, संखुवासभामा २, सोलुखुम्बुमा १३ र सुनसरीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १२८ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा १, बारामा ३, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १८ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ६३२, काभ्रेपलान्चोकमा ४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ४४, भक्तपुरमा ४२, मकवानपुरमा ५, रसुवामा ३, ललितपुरमा १३३ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ९१७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा ४, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ६४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुका १७, गुल्मीका २२, दाङका ६४, नवलपरासीका १६, पाल्पाका २२, प्यूठानका १०, बर्दियाका ६, बाँकेका २८, रोल्पामा २ र रुपन्देहीका ९१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २८२ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा ६, रुकुम पश्चिममा २, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १२ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा ६ र बैतडीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ५६ रहेको छ ।

यो पनि पढ्नुहोस्

आज शनिबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !