२ कार्तिक २०८१, शुक्रबार

डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि


डा. गोविन्द केसी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका सामाजिक अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिइएको छ ।

हिजो बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोनाको पिसिआर परीक्षण गराएका उनको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ ।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ । उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।

डा. केसीले चिकित्सा शिक्षामा भएका विभिन्न बिकृति र बिसंगतिहरुको सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !