काठमाडौं, २७ कार्तिक । कोरोना संक्रतिम राष्ट्रीय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकराी दिएका छन् ।
मन्त्री पौडेलले लेखेका छन्,”राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।”
केसीको अहिले अहिले ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।