१८ पुस २०८१, बिहीबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार नाघ्यो, थप ३४३० जना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

२० कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४३० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४८४०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०६८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७ हजार १९० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६५१४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२३२ जना रहेका छन् ।

३०५१ जना कोरोना संक्रमितमध्ये १८४२ जना पुरुषहरु र १२०९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७९७ जना पुरुषहरु र ६०१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १०९१ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका १४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३०५१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८५९७४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४४ हजार नाघ्यो, थप ३८४४ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !