१७ पुस २०८१, बुधबार

गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५०४ पुग्यो


कोरोना भाइरस

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेशमा आज बिहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८ बजेसम्म ५ पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप १८८ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २५ जना, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ८२ जना, लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा ४९ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ३२ जना गरी जम्मा १८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १०२ जना, नवलपरासी पूर्वका ३१ जना, पर्वतका २ जना, तनहुँ २१ जना, गोरखा ११ जना, बागलुङका ३ जना, लम्जुङका ११ जना, स्याङजाका ६ जना र म्याग्दीका १ जना गरी १८८ जना रहेका छन् । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !