काठमाडौं, कात्तिक १२। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।
साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
I have tested positive for covid-19. Those who came to close contact with me in the last few days please take necessary precautions and do the needful.
— Shanker Bairagi (@bairagi_shanker) October 28, 2020