१८ पुस २०८१, बिहीबार

भोलिबाट दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने : अब आइतबार र बुधबारमात्रै हुने


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, कार्तिक १२ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक नभएर अब हप्ताको दुई दिनमात्रै कोभिड-१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोभिड-१९ प्रेस गरिने जानकारी दिए ।

बडादशैंका लागि उक्त प्रेस ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो भने आज बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक रुपमा हुने प्रेस ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन् ।

उनका अनुसार अब अरु बारको सूचना स्वास्थ्य मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए । सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो ।

उक्त ब्रिफिङमा संक्रमितको संख्या मात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो । स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !