१२ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४५९ पुग्यो


कोरोना भाइरस

पोखरा, कार्तिक ८ । गण्डकी प्रदेशमा आज बिहान थप १०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६४५९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान र मध्यान्ह गरी ४ पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप १०८ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो ।

लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा ४४ जना, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ४० जना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ४ जना र बि.पी. कोईराला स्मृति क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २० जना गरी जम्मा १०८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ५७ जना, नवलपरासी पूर्वका २५ जना, पर्वतका ११ जना, तनहुँ ११ जना, गोरखा ३ जना र बागलुङका १ जना रहेका छन् । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !