१४ पुस २०८१, आइतबार

कर्णाली प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६७३ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, कार्तिक ८ । कर्णाली प्रदेशमा आज दिउसो ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५६७३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आज दिउसो सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २१ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणमा ३२ जना, दैलेख अस्पताल, दैलेखमा गरिएको पीसीआर परीक्षणमा १ जना र चौरजहारी प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३१७ जनाको परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण देखिएसंगै प्रदेशमा हालसम्म जम्मा परीक्षण संख्या ८६,६२२ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !