१२ बैशाख २०८१, बुधबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीमा कोरोना संक्रमण पुष्टि


डा. बाबुराम भट्टराई र हिसिला यमी

काठमाडौं, कात्तिक ८ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डा. भट्टराई सामाजिक संजालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् । उनले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !