डडेल्धुरा, कार्तिक ५ । सुदूरपश्चिम प्रदेशको दार्चुलाका थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्तिक ५ गते ८४ जनामा गरिएको कोरोना परीक्षणमा थप ५० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३४ जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।
डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये दार्चुलाको महाकाली नगरपालिकाका ५० जनामा कोरोना संक्रमणका पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ७ जनामा संक्रमण पुष्टि