८ बैशाख २०८१, शनिबार

चितवनका २८ जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, कार्तिक ४ ।  चितवन जिल्लामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा ३१५ वटा गरिएको परीक्षणमा चितवनका २८ जनासहित थप ३४ जनामा संक्रमण पुष्टि भएको छ भने २८१ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १८ जना रहेका छन् । यसैगरी राप्ती र माडीका १/१ जना, इच्छामनकामनाका ४ जना, खैरहनीका २ जना र रत्ननगर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मकवानपुरको हेटौडाका २ जना, नवलपरासीको गैडाकोटका १ जना र रुपन्देहीको लुम्विनीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !