७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री चौधरीलाई कोरोना संक्रमण


बैजनाथ चौधरी

बुटवल, कार्तिक १ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामान्य रुघा लागेपछि पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको मन्त्री चौधरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

मन्त्री चौधरीसँगै उनकी श्रीमती, पीएसओ, चालक भान्सामा काम गर्ने सहयोगीलाई समेत कोरोना संक्रमण देखिएको उनले बताएका छन् । उनी होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमित ५ जनामध्ये मन्त्री चौधरीले आफूलाई रुघा लागेको र अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको समेत जनाएका छन् ।मन्त्री चौधरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !