१२ आश्विन २०८१, शनिबार

प्रदेश नं १: पछिल्लो २४ घण्टाका अवधिमा ४६८ सङ्क्रमित थप


मोरङ ३० असोज । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुईदुई, भोजपुर र ताप्लेजुङमा एकएक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज २२१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !