पोखरा, असोज ३० । गण्डकी प्रदेशमा आज बिहान थप ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:३० बजे र बिहान ८:०० बजे दुई पटक प्रेस बिज्ञप्ति जारी गर्दै ५३ जना र २५ जना गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान ८:०० बजे अध्यावधिक विवरण अनुसार चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका २३ जना, गोरखा र लम्जुङका १/१ जना रहेका छन् ।
गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा गएका हुन् । उनीहरु सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । अन्य सबैजना संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।
आज बिहान ७:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५३ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ६ जना, लम्जुङका २ जना, बाग्लुङका ७ जना, नवलपरासी सुस्ता पूर्वका १५ जना, गोरखाका ४ जना र कास्कीका १९ जना रहेका छन् ।
सबैजना संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२८४ पुग्यो