काठमाडौँ, असोज २९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३७४९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६५९८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ३७ हजार ६३६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६५३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १२३३९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २४१९४ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८२५ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १६९३ जना, ललितपुर जिल्लाका १०८ जना र भक्तपुर जिल्लाका १३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३५६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८४५१८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार नाघ्यो, आज थपिए नयाँ २६३८ संक्रमित