१९ असार २०८१, बुधबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, कार्तिक १८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३११४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११६६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ८० हजार ९७८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७४७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२७७ जना रहेका छन् ।

३११४ जना कोरोना संक्रमितमध्ये १८६७ जना पुरुषहरु र १२४७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८१९ जना पुरुषहरु र ६४९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १२४२ जना, ललितपुर जिल्लाका १६३ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३१४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४११३४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा ८, खोटाङमा २, झापामा २२, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १४९, संखुवासभामा २, सुनसरीमा १०७ र सोलुखुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ३०७ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा २७, पर्सामा १३, बारामा १०, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा २, सर्लाहीमा ८ र सिरहामा १९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १०० रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र १२४२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४९, चितवनमा १९५, दोलखामा ११, धादिङमा २६, नुवाकोटमा ६९, भक्तपुरमा ६३, मकवानपुरमा ७९, रसुवामा १, रामेछापमा १३, ललितपुरमा १६३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २०३२ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ६३, गोरखामा १६, तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, पर्वतमा १, मुस्ताङमा ३, म्याग्दीमा ६, लमजुङमा ७, बाग्लुङमा १५ र स्याङजामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १८९ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १४, गुल्मीमा ११, दाङमा ९७, नलवपरासीमा १८, पाल्पामा ५, बर्दियामा २७, बाँकेमा ५३, रुकुम पूर्वमा ३, रुपन्देहीमा १०१ र रोल्पामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ३३७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा ८, जाजरकोटमा २, जुम्लामा १०, डोल्पामा १, दैलेखमा ७, मुगुमा १, रुकुम पश्चिममा ९, सल्यानमा २ र सुर्खेतमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ४६ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा ७३, डडेल्धुरामा १, डोटीमा १०, दार्चुलामा ४, बझाङामा २ र बैतडीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ४६ रहेको छ ।

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार नाघ्यो, आज थपिए नयाँ ३११४ संक्रमित
नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४१ हजार नाघ्यो, थप ३१४२ जना कोरोना संक्रमणमुक्त
नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो
काठमाडौँमा १२४२ सहित उपत्यकामा आज १४६८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !