४ असार २०८१, मंगलबार

बाँकेका ५२ जनासहित थप ८६ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज २७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ५२ जनासहित थप ८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले साँझ ७ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४०५ वटा नमूना परीक्षण गर्दा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ५२ जना, बर्दिया १७ जना, दैलेखका ४ जना, सुर्खेतका ३ जना, रुकुमका २ जना, नवलपरासी, दाङ, भक्तपुर, जुम्ला, डोटी, नुवाकोट, काठमाडौँका १/१ जना र अन्य १ जना गरी ८६ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ६१ जना पुरुषहरु र २५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या ३०१८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४३७९१ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४३७४८ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

बाँकेका २९ जनासहित थप ५१ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु