१२ असार २०८१, बुधबार

कर्णाली प्रदेशमा थपिए १३१ कोरोना संक्रमित, ७९ जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, असोज २७ । कर्णाली प्रदेशमा आज साँझ १३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६५१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणमा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १०७ जना, कालीकोटका ६ जना, जुम्लाका ५ जना, दैलेखका ३ जना र हुम्लाका २ जना र अन्य प्रदेशका ८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ७९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३५३१ जना पुगेको छ भने ११ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ९६१ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थपिए १०५ कोरोना संक्रमित, २७ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !