३० कार्तिक २०८१, शुक्रबार

बाँकेका २९ जनासहित थप ५१ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज २६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २९ जनासहित थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले बेलुकी ५:५५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३०१ वटा नमूना परीक्षण गर्दा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २९ जना, बर्दिया १४ जना, सुर्खेतका ३ जना, कैलालीका २ जना, जुम्ला, डडेलधुरा र बजाङका १/१ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ४० जना पुरुषहरु र ११ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २९३२ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४३५३४ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४३३३६ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

बाँकेका १७ जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !