१२ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशमा थपिए १३३ कोरोना संक्रमित, ५९ जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, असोज २५ । कर्णाली प्रदेशमा आज साँझ १३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४४१५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला,  दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ७१ जना, दैलेखका १८ जना, रुकुम पश्चिमका १० जना, जुम्ला र कालीकोटका ६/६ जना, सल्यान, हुम्ला र मुगुका २/२ जना र अन्य प्रदेशका १६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ५९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३४२५ जना पुगेको छ भने ११ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ८५७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या ४४१५ पुग्यो, थप १३३ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !